१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


प्रतिनिधि सभाको शुन्य समय : कसले के बोले ?


338
Shares

काठमाडौं । प्रतिनिधि सभाका सांसदहरुले नक्कली भुटानी शरणार्थी प्रकरणका संलग्न सबैलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

प्रमुख प्रतिपक्ष नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले सो प्रकरणमा संलग्न सांसदहरु सदनमा बोलिरहेको उल्लेख गर्दै उनीहरुलाई किन पक्राउ नगरिएको भनि सरकारलाई प्रश्न समेत गर्नु भयो ।

मंगलबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उहाँले पक्राउ पूर्जी जारी गरिएका, सो प्रकरणमा आशंका गरिएकाहरुमाथि छिटोभन्दा छिटो छानबिन गरी कारबाहीको प्रक्रियामा ल्याउन सरकारलाई सचेत गराउनु भयो ।

सांसद गैरेले यो प्रकरण जघन्य अपराध, देशद्रोही काम भएकाले दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने बताउनु भयो ।

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद तेजुलाल चौंधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न गिरोहलाई बचाउनका लागि चलखेल भईरहेको उल्लेख गर्दै उनीहरुमाथि पनि कडा कारबाही गर्न सरकारसँग माग गर्नु भयो ।

उहाँले यो प्रकरणको निष्पक्ष छानबिन गरी सबै दोषीलाई कारबाहीको दायरामा ल्याउन पनि सरकारलाई दबाब दिनु भयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सो प्रकरणमा देशका ठूल्ठूला निकाय र राजनेताहरुनै संलग्न रहेको आरोप लगाउँदै आक्रोश व्यक्त गर्नु भयो ।

उहाँले सबै सांसदहरुको सम्पत्ति संसद सचिवालयको वेबसाईटमा तत्काल सार्वजनिक गरि उनीहरुको सम्पत्तिको स्रोत खोज्न पनि सभामुखलाई निर्देशन दिन माग गर्नु भयो ।

सांसद कार्कीले संसद भ्रष्टाचारीहरुलाई जोगाउने प्रहशन स्थलजस्तो भएको भन्दै आपत्ति समेत जनाउनु भयो ।