१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नक्कली भुटानी शरणार्थी प्रकरण कुनै भेटघाटले प्रभावित नहोस् : महामन्त्री थापा


338
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई कुनैपनि राजनीतिक भेटघाटले प्रभाव पार्नु नहुने बताउनुभएको छ ।

बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै महामन्त्री थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा कुनैपनि राजनीतिक भेटघाटले प्रभाव पार्नु नहुने बताउनुभएको हो ।

उहाँले सो प्रकरणमा संलग्न जुनसुकै दलको जुनसुकै ओहोदाको व्यक्ति भएपनि कारबाही हुनुपर्ने बताउनुभयो । उहाँले बजारको हल्लाले पनि अनुसन्धान प्रभावित हुनुनहुने उल्लेख गर्नुभयो ।

महामन्त्री थापाले अनुसन्धान स्वतन्त्र र निष्पक्ष रुपमा हुनुपर्ने भन्दै सरकारले यो प्रकरणमा दह्रो खुट्टा टेके मात्र सरकारले सुशासनको नारा लगाउनसक्ने बताउनुभयो ।

महामन्त्री थापाले सरकारले गरेको अनुसन्धान नागरिकलाई विश्वास लाग्नेखालको हुनुपर्ने पनि बताउनुभयो ।