१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्ताको आडमा कसैले उन्मुक्ति पाउनु हुँदैन : सचेतक बर्तौला


273
Shares

काठमाडौं । नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने बताउनुभएको छ ।

बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले सचेतक बर्तौलाले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषिउपर कडा कारवाही गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले सो प्रकरणले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि धमिलो बनाएको बताउनुभयो । उहाँले आरोपी एमाले सचिव टोपबहादुर रायमाझीलाई प्रहरीको सम्पर्कमा आएर अनुसन्धान प्रक्रियालाई सघाउन आग्रह गर्नुभयो । उहाँले निष्पक्ष छानबिन गर्नुपर्ने र सत्ताको आडमा कसैले उन्मुक्ति पाउनु नहुने बताउनुभयो ।

उहाँले यस प्रकरणपछि यति, वाइडबडी, ओम्नी, ललिता निवास र क्यान्टनमेन्ट घोटाला लगायतको विषयमा पनि छानबिन गर्नुपर्ने बताउनुभयो ।