
संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिकाको ४ धजेमा जिप दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएका छन् ।
मकालु गाउँपालिकाको नुमबाट खाँदबारी आउँदै गरेको को. १ झ ७०० नम्बरको जिप बुधबार दिउँसो दुर्घटना भएको हो ।
जिपमा सवार चालक लोकेन्द्र तामाङ र मकालु गाउँपालिकाका ईन्जिनियर गायत्री घिमिरे र कर्मचारी दिनेस पराजुली गम्भीर घाइते भएका चिचिला गाउँपालिका अध्यक्ष पाशाङ नुर्व शेर्पाले बताउनुभयो ।
उहाँले जिप करिब सडकबाट ५० मिटर तल खसेको र घाइते तिनै जनालाई स्थानिय स्वास्थ्य चौकिमा उपचार पछि थप उपचारकोलागी खाँदवारी अस्पताल पठाइएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्