२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


‘जिउँदा शहीद’ मुकेश कायस्थको निधन


5.694k
Shares

काठमाडौं । २०६२÷०६३ को जनआन्दोलनका ‘जिउँदा शहीद’ मुकेश कायस्थको बुधबार साँझ निधन भएको छ ।

बनेपाको शीर मेमोरियल अस्पतालमा उपचारका लागि भर्ना गरिएका उनको अस्पतालमा निधन भएको हो ।

२०६२ साल चैत २७ गतेको आन्दोलनका क्रममा कायस्थलाई बनेपामा गोली लागेको थियो । त्यतिबेला उनी १४ वर्षका थिए ।

प्रहरीको गोली लागेर अचेत भएका कायस्थलाई पक्षघात भएको थियो । उनी हिँडडुल समेत गर्न सक्दैन थिए ।

गोली लागेपछि होस गुमाएका उनी १७ वर्षसम्म अर्धचेत अवस्थामै बाँचेका थिए । उनको उपचार तथा मासिक खर्च सरकारले ब्यहोर्दै आएको थियो ।