११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


आज राति देशभरकाे मौसम सफा हुने


91
Shares

काठमाडाैं । हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

बिहीबार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेकाे छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

बिहीबार दिउँसो भने कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुने भएकाे छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ।

त्यस्तै, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित क्षणिक-हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै, लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानहरुमा सामान्य हावाहुरीको सम्भावना रहेको छ ।

बिहीबार राति भने देशभर मौसम सामान्यतया सफा हुने भएकाे महाशखाले जनाएकाे छ ।