१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पाकिस्तानमा ८ जना प्रदर्शनकारीको मृत्यु, १ हजार बढी पक्राउ


221
Shares

एजेन्सी । पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गरिएपछि भड्किएको हिंसात्मक प्रदर्शनमा ८ जनाकाने मृत्यु भएको छ ।

खानको पार्टी तेहरिक ए इन्साफका समर्थक र प्रहरीबीच विभिन्न ठाउँमा झपड हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीले देशभरबाट १ हजार भन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरेको छ । प्रदर्शनलाई नियन्त्रणमा लिनका लागि भारी मात्रमा सुरक्षाबल परिचालन गरिएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका तेहरिक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रमुख इमरान खान आफूमाथि लागेको भ्रष्टाचारको मुद्दामा इस्लामावाद उच्च अदालतमा हाजिर हुने क्रममा मंगलबार उहाँलाई अर्ध सैनिक बल रेञ्जर्स फोर्सले अदालतभित्रैबाट पक्राउ गरेको थियो । बुधबार अदालतले खानलाई ८ दिन हिरासतमा राखेर छानविन गर्न अनुमति दिएको छ ।

खान मन्त्रिमण्डलका विदेश मन्त्री मोहम्मद कुरेसीलाई पनि बुधबार पक्राउ गरिएको छ ।