
काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–११ जोक्याटोलमा बुधबार साँझ ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय सन्तोष चौधरीकी ५ वर्षीया छोरी हन्ना रहेकी छिन् ।
ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी बालिकालाई उपचारको लागि निस्सर्ग अस्पताल धनगढी पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
ठक्कर दिने ट्याक्टर र चालक प्रहरी नियन्त्रणमा रहेको अस्थायी प्रहरी पोष्ट अम्बिकाटोल कैलालीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्