
राजेश जिसी
प्युठान । कुनै समयमा सूचनाका संवाहकको रुपमा चिनिने गन्धर्व समुदाय परम्परागत पेशाबाट पलायन हुुँदै गएका छन् ।
देश विदेश र गाउँघरमा भए गरेका घटनालाई सारङगीको धुन र गीतकाे लयबाट सुनाउँदै हिंड्ने गन्धर्व समुदायको हिजो-आज गाउँघरमा देख्न छाडिएको हाे। यस पेशा हराउदै जान थालेपछि याे समुदायका युवाहरु मौलिक बाजा सारङगीको संरक्षणमा जुटेका छन् ।
प्युठानको ऐरावती गाउँपालिका-५ सिन्दुरे डाडाका कालुराम गन्धर्वले यसरी सारङगी बजाउन थालेको ६५ वर्ष भयो । बाबुसँग गाउँ-गाउँमा पुगेर सारङगी रेट्दै मनोरञ्ज तथा सूचना दिने काम गरेको पत्तो नपाउँदै ६५ वर्ष बित्यो । उनले सारंगी रेटेर गित गाउँदै हिड्दा गाउँका मानिसहरूले मनोरञ्जन मात्र होईन त्यो सारङगीको धुनबाट समाचार पनि पाउथे ।
सारङगी रेटेर सूचना सुनाउदै हिड्ने गाइने दाइ पहिला गाउँ-गाउँमा भेटिन्थे । कुनै एक ठाउँमा घटेका घटनालाई सूचना बनाएर सारङगी धुनमार्फत गाउँमा पुराउथे । कुनै समयमा सञ्चारकर्मीको रुपमा रहेका गाइने दाइहरु आज-भोली गाउँमा भेटिन छाडेका छन् ।
सूचना र मनोरञ्जनको माध्यम बनेका गन्धर्व समुदाय र सारङगी बजाउने पेशा लोप हुँदै गएको छ । सारङगी रेटेर गीत गाउने पेशा युवा पुस्ताले अगाल्न छाडेका छन् । पुराना पुस्ताको उमेर अवस्थाका कारण यो पेशा छोडेका छन् । युवाहरु वैकल्पिक पेशातर्फ लागेका छन् । आफ्नो परम्परागत सारङगी बजाउने पेशा अपहेलित हुँदै जाँदा आधिकांशले यो पेशा छाडिसकेका छन् ।
गन्धर्व समुदायको यो पेशा हराउदै जान थालेपछि याे समुदायका युवाहरु मौलिक बाजा सारङगीको संरक्षणमा जुटेका छन् । उनीहरुले जिल्लामा संगठन नै गठन गरेर सारङगी संरक्षणमा जुटेका हुन् । उनीहरुलाई स्थानीय तथा प्रदेश सरकारले समेत सहयोग गर्दै आएको छ ।
सारङगीसँग नेपालको सञ्चारको महत्वसगै गन्धर्व समुदायको पहिचान पनि जोडिएको छ । समय अनुसार समाज परिवर्तन हुँदै जानु सकरात्मक पक्ष हो । तर समयको माग भन्दै नेपालको मौलिक बाजा बिर्सिएर विदेशी संस्कृतिलाई अगाल्नु भने हुँदैन ।
प्रतिक्रिया दिनुहोस्