
सिन्धुली । सिन्धुलीगढी घुम्न आउने पर्यटकहरुको संख्यामा वृद्धि भएको छ ।
सिन्धुली जिल्लाको सिन्धुलीगढीमा अवस्थित नेपाली युद्धकला संग्राहलय अवलोकन गर्न पहाडी र हिमाली जिल्लाबाट समेत आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या वृद्धि भएको हो ।
वीर गोर्खालीहरुले आफ्नो मातृभूमिको रक्षाका लागि शत्रुसँग बहादुरीका साथ घरेलु हतियारको भरमा युद्ध लडेर विजय प्राप्त गरेका घरेलु हात–हतियार अवलोकन गर्न आउनेहरुको संख्या बेढको हो ।
अंग्रेजलाई गोर्खाली फौजहरुले सिन्धुलीगढीमा घरेलु हतियारको भरमा युद्ध लडेर पराजित गरेकोे इतिहास रहको छ ।
सिन्धुलीढीमा कमलामाई नगरपाकिला र नेपाली सेनाको संयुक्त सहभागितामा युद्धकला संग्राहलय र सिन्धुलीगढीको संरक्षण र सम्वर्धनका कार्यहरुको थालनी गरेपछि पछिल्लो समयमा सिन्धुलीगढी पर्यटकीय गन्तव्य बनेको छ ।
प्रतिक्रिया दिनुहोस्