२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


एमाले केन्द्रीय कमिटी बैठकमा आज प्रतिवेदनहरुमाथि समूहगत छलफल गरिँदै

आजै स्थायी कमिटिको बैठक बस्ने

117
Shares

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा शुक्रबार प्रतिवेदनहरुमाथि समूहगत छलफल सुरू हुँदैछ ।

पार्टी कार्यालय च्यासलमा बिहीबार सुरू भएको केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन तथा चार निकाय र दुई गैर–भौगोलिकसहित नौ प्रदेश कमिटीले मिसन ग्रासरुट अभियान सम्बन्धी प्रतिवेदन पेस गरेका थिए ।

शुक्रबार बिहान सुरू हुने बैठकमा बाँकी रहेका प्रतिवेदन पेस गरी सबै प्रतिवेदनमाथि समूहगत छलफल सुरू हुने महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।

प्रतिवेदनहरुमाथि मध्यान्ह १२ बजेसम्म आठ समूहमा छलफल गर्ने कार्यतालिका बनाइएको छ । समूहगत छलफलपछि प्रदेश अध्यक्षहरुले सुझाव प्रस्तुत गर्ने छन् ।

त्यसपछि शुक्रबार नै स्थायी कमिटीको बैठक बस्ने छ ।

प्रदेश अध्यक्षहरुबाट प्राप्त सुझावका आधारमा स्थायी कमिटी बैठकले आगामी कार्ययोजनाको प्रस्ताव तयार गर्नेछ । त्यो कार्ययोजनाको प्रस्ताव तयार पारिसकेपछि पुनः केन्द्रीय कमिटीको बैठक सुरु हुनेछ ।

केन्द्रीय समितिको बैठकबाट कार्ययोजनाको प्रस्ताव पारित गरिने छ । त्यसपछि समसामयिक प्रस्तावहरु पारित गरेर अध्यक्ष केपी शर्मा ओलीले बैठकलाई सम्बोधन गर्नुहुनेछ ।

एमाले केन्द्रीय समितिको बैठक शनिबार सम्पन्न गर्ने कार्यतालिका छ ।