
काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सरकारले उच्च शिक्षा पूर्ण रुपमा निःशुल्क गराउन सक्नुपर्ने बताउनुभएको छ ।
शुक्रबार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले आफ्नो आवश्यक्ता बमोजिम सरकारले प्राविधिक र गैरप्राविधिक क्षेत्रमा लगानी बिस्तार गरी काम अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले देशको लागि आवश्यक जनशक्ति यहीँ नै उत्पादन गर्नसके मात्रै शिक्षा क्षेत्रको विकास हुने बताउनुभयो ।
उहाँले सरकारले स्वदेशमा नै उच्च गुणस्तरीय शिक्षा दिने ग्यारेन्टी गरेर विद्यार्थीहरुलाई विदेश अध्ययनका लागि जान रोक लगाउनुपर्ने बताउनुभयो । उहाँले शैक्षिक शक्ति निर्माण गर्न र विश्वमा प्रतिष्पर्धा गर्नसक्ने जनशक्ति निर्माण गर्ने कुराको ग्यारेन्टी विश्वविद्यालयले लिन सक्नुपर्ने पनि बताउनुभयो ।
सदस्य गौतमले नेपाललाई चाहिने विज्ञ जनशक्ति कसरी नेपालमा नै उत्पादन गर्ने भन्ने बारेमा राज्य संवेदनशील हुनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्