६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


संघीय शिक्षा ऐन संसदमा प्रस्तुत गर्न मन्त्रालयहरुको समन्वय आवश्यक : सचिव पाण्डे


624
Shares

काठमाडौं । दिगो विकास तथा सुशासन समितिका सचिव डा. रोजनाथ पाण्डेले संघीय शिक्षा ऐन संसदमा छिटो भन्दा छिटो प्रश्तुत गर्न मन्त्रालयबीचको समन्वयकारी भुमिका आवश्यक रहेको बताउनुभएको छ ।

शुक्रबार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै सचिव पाण्डेले यस्तो बताउनुभएको हो ।

उहाँले चाँडो नै संघीय शिक्षा ऐन लागू गर्ने हो भने सबै मन्त्रालयहरुले मिलेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले शिक्षा क्षेत्रको बजेट बढाउन आवश्यक रहेको पनि बताउनु भयो । सचिव पाण्डेले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा क्षेत्रमा पनि आवश्यक लगानीको स्थान पहिचान गरी अघि बढाउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले शिक्षा क्षेत्रमा छुट्याएको बजेटमध्ये ८० प्रतिशत बजेट तलव भत्तामै सिमति हुने भएकाले शैक्षिक सुधारका कार्यक्रम र योजनासहित मन्त्रालय अघि बढ्न जरुरी रहेको बताउनुभयो ।

समिति सचिव पाण्डेले उच्च शिक्षा विधेयक जसरी नै संघीय शिक्षा ऐन पनि संसदमा प्रश्तुत हुन नसकेकोप्रति गुनासो गर्नुभयो ।