
एजेन्सी । दक्षिण कोरियामा एक विद्यालयको छत भत्किंदा एक शिक्षकसहित १४ विद्यार्थी घाइते भएका छन् ।
दक्षिण कोरियाको दक्षिण क्षेत्रमा रहेको येओसुको प्राथमिक विद्यालयको व्यायामशालाभित्रको छत भत्किंएकाे हाे । दुघर्टनाका कारण भवनकाे पार्किङमा राखिएका केही सवारी साधनमा क्षति पुगेको छ ।
छतभित्रको निर्माणाधिन सामग्री एकै पटक भत्किंदा दुर्घटना भएको अनुमान गरिएको छ । घटनाकाे बारेमा अनुसन्धान भइरहेको छ । दक्षिण कोरियामा कमजोर संरचनाका कारण अक्सर विद्यालयको भवन भत्किंदा वर्षेनी कयौं मानिसको मृत्यु हुने गरेको छ ।
घाइतेहरुको अवस्था गम्भीर रहेको जनाइएकाे छ ।
प्रतिक्रिया दिनुहोस्