
खेमराज दाहाल
उदयपुर । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग दैनिक रूपमा धरासायी बन्दै गएको छ ।
शुक्रबार उदयपुर सिमेन्ट उद्योगको ३५ औं वार्षिक साधारण सभा भएकाे हाे । व्यवस्थापकीय नेतृत्वको लापरबाहीले उद्योग अप्ठ्यारो अवस्थामा गुज्रिएको हो । कोइला अभावको बहानामा अधिकांश समय बन्द रहेको सिमेन्ट उद्योग धरासायी अवस्थामा छ । महिनामा एक साता सञ्चालन भइरहेको सिमेन्ट उद्योग गत चैत्र महिनाकाे अन्तिम सातादेखि पूर्ण रूपमा बन्द भएको छ ।
लगातार बन्द भएपछि उद्योगभित्रका चार युनियन (समग्र उद्योग ट्रेड युनियन नेपाल, नेपाल कारखाना श्रमिक संघ, अखिल नेपाल औद्योगिक मजदुर संघ र नेपाल औद्योगिक मजदुर संगठन) ले नेतृत्वलाई उद्योग संचालन गर्न र साधारण सभा गर्न माग गर्दै आएका थिए । उद्योगभित्र रहेका युनियनहरुको दवावपछि साधारण सभा गर्ने निर्णयमा नेतृत्व पुगे पनि साधारण सभा काठमाडौंमा गर्ने निर्णय भयो ।
उद्योगमा आर्थिक हिनामिना र अनियमितता भएको आरोप लगाउदै आएका ट्रेड युनियनहरुले साधारण सभा समेत काठमाडौंमा गर्ने निर्णय गरेपछि उद्योगमा आन्दोलन गर्ने चेतावनी दिए पश्चात नेतृत्व साधारण सभा उदयपुरमा नै गर्ने निर्णयमा पुग्यो। सरोकार वाला कसैलाई खबर नगरी संचालक समिति र केही व्यक्ति बसी साधारण सभा गर्ने गरेर तयारी थालियो।
उदयपुर सिमेन्ट उद्योगको ३५ औं साधारण सभामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उद्योगको अवस्था असाधारण रहेकाले संचालनमा ल्याउन कठिन हुने बताउनुभएकाे थियाे । सरकारले १०-२० करोड रुपैया दिए पनि उद्योग सञ्चालनमा आउनेमा उहाँको आंशका छ । मन्त्री रिजालले सरकारले सहयोग गरे उद्योग संचालनमा आउने ग्यारेन्टी कसरी गर्न सकीन्छ भन्ने प्रश्न गर्नुभयो ।
साधारण सभा र उद्योगको अवस्था सुनियोजित ढंगले बन्द कोठामा सिमित व्यक्ति बसेर गरेको साधारण सभा नमान्ने भन्दै बाहिर ट्रेड युनियनहरुले महाप्रबन्धक गोपिकृष्ण न्यौपानेसहित नेतृत्व विरुद्ध नारा जुलुस गर्न लागे । साधारण सभा सकिएर बाहिर निस्किएका महाप्रबन्धक न्यौपानेलाई ट्रेड युनियनका कर्मचारीहरुले घेरेका थिए।
त्रियुगा नगरपालिकाका प्रमुख चढ्ने गाडीमा बसेर त्यहाँबाट भाग्ने उदेश्यसहित उक्त गाडीमा बसेका थिए । तर नगरप्रमुख बसन्त कुमार बस्नेत ट्रेड युनियनकाे नेतृत्वहरूसँग समस्याको विषयमा जानकारी लिन थाल्नुभयाे ।
महाप्रबन्धक न्यौपानेले उद्योगमा कोइलाको अभाव देखाउदै उद्योग बन्द गराउदै आएका छन। महाप्रबन्धक न्यौपाने र केही कर्मचारीको मिलेमतोमा कोइलामा ब्यापक अनिमियतता हुँदै आएको ट्रेड युनियनहरुले आरोप लगाएका छन्। महाप्रबन्धक न्यौपाने काठमाडौं बसेर कोइला आपूर्ति गराउदैनन् र कोइलाको अभाव देखाएर उद्योग बन्द गराउने गरेका छन्।
महिनामा एक पटक कोइला ल्याएर उद्योग संचालनमा ल्याउने प्रयास गरे पनि गुणस्तरहिन कोइला ल्याएर कोइलाको ल्याब टेस्ट नै नगरी प्रयोग गर्ने गरिएको छ। उद्योग संचालनमा आउदा दिनकै ५-६ वटा गाडी कोइला खपत हुन्छ। न्यौपाने कोइला आपूर्ति गराउदा पनि दिनको ४-५ गाडी मात्र उपलब्ध गराउने गर्दछन ।
महाप्रबन्धक न्यौपानेले उद्योगमा कोइलाको अभाव देखाउदै उद्योग बन्द गराउदै आएका छन। महाप्रबन्धक न्यौपाने र केही कर्मचारीको मिलेमतोमा कोइलामा ब्यापक अनिमियतता हुँदै आएको ट्रेड युनियनहरुले आरोप लगाएका छन्। महाप्रबन्धक न्यौपाने काठमाडौं बसेर कोइला आपूर्ति गराउदैनन् र कोइलाको अभाव देखाएर उद्योग बन्द गराउने गरेका छन।
महिनामा एक पटक कोइला ल्याएर उद्योग संचालनमा ल्याउने कोसिश गरे पनि गुणस्तरहिन कोइला ल्याएर कोइलाको ल्याब टेस्ट नै नगरी प्रयोग गर्ने गरिएको छ। उद्योग संचालनमा आउदा दिनकै ५-६ वटा गाडी कोइला खपत हुन्छ। न्यौपाने कोइला आपूर्ति गराउदा पनि दिनको ४-५ वटा गाडी मात्र उपलब्ध गराउने गर्दै आउनु भएकाे छ ।
कोइलाको आपूर्ति भएपछि ल्याबको लागि प्राविधिक आउछन कोइला लान्छन टेस्टको लागि तर ल्याबको रिपोर्ट आउँन ७२ घण्टा लाग्छ। तर आपूर्ति भएको कोइला ल्याब रिपोर्ट आउनु २ दिन अगावै सकिन्छ । कोइला आपूर्ति गर्ने सप्लायर्सलाई एक नम्बर कोइलाको भुक्तानी दिएपनि महाप्रबन्धक न्यौपाने र सप्लायर्सको मिलेमतोमा अतिकमसल कोइला आपूर्ति गराएर ल्याब टेस्ट नै नगरी उद्योगमा प्रयोगमा ल्याइएकाे छ ।
प्रतिक्रिया दिनुहोस्