१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फुल्हमसँग पराजित भएपछि साउथह्याम्पटन रेलिगेशनमा


533
Shares

एजेन्सी । फुल्हमसँग पराजित भएपछि साउथह्याम्पटन इंग्लिस प्रिमियर लिगबाट रेलिगेशनमा परेको छ ।

शनिबार राति भएको खेलमा फुल्हमसँग २–० ले पराजित हुँदै साउथह्याम्पटन दुई खेल बाँकी छँदा रेलिगेसनमा परेको हो ।

फुल्हमको लागि कार्लोस भिनिसियस र अलेक्जेण्डर मित्रोभिचले एक एक गोल गरे ।

खेलको ४८ औं मिनेटमा भिनिसियसले गोल फुल्हमलाई १–० को सुरूवाती अग्रता दिलाए । त्यसपछि ७२ औं मिनेटमा मित्रोभिचले गोल गर्दै फुल्हमलाई २–० को जित दिलाए ।

यो हारसँगै साउथह्याम्पटनको प्रिमियर डिभिजनमा ११ वर्ष लामो बसाई सकिएको छ । लिगमा ३६ खेलबाट साउथह्याम्पटनको २४ अंक छ । तालिकाको पुछारमा रहेको साउथह्याम्प्टन रेलिगेशन क्षेत्रभन्दा ठिक माथि १७ औं स्थानको एभर्टनभन्दा ८ अंकले पछि छ । जबकी लिगमा अब उसले दुई खेल मात्रै खेल्न बाँकी छ । १९ औं स्थानमा रहेको लेष्टर सिटी र १८ औं स्थानमा रहेको लिड्स युनाइटेड पनि रेलिगेशनको खतरामा छन् ।