
एजेन्सी । थाइल्याण्डमा आमनिर्वाचनकाे आइतबार मतदान भइरहेको छ ।
करिब एक दशक लामो सेना समर्थित शासनपछि पहिलो पटक हुन लागेको आमनिर्वाचनमा विपक्षी पार्टीहरु फिउ थाई मुभ फर्वाडले बहुमत ल्याउने अनुमान गरिएको हाे । तर राजसंस्था समर्थक सत्तारुढ पार्टीले निर्वाचनमा धाधली गर्ने हो कि भन्ने आशंका पनि विपक्षीहरुमा रहेको छ ।
मतदान अघिका सर्वेहरुले पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको पार्टी फिउ थाईप्रति ब्यापक आकर्षण रहेको देखाएकाे छ । फिउ थाइ पार्टीले १६ वर्ष माथिका प्रत्येक नागरिकलाई १० हजार भाट कोरोना महामारी राहतको रुपमा बाड्ने घोषणा गरेको छ ।
त्यस्तै, अर्का धनाढ्यले नेतृत्व गरेको मुभ फर्वाड पार्टी पनि यो निर्वाचनबाट सशक्त रुपमा उदाउने मत सर्वेक्षणहरुले देखाएका छन् ।
प्रतिक्रिया दिनुहोस्