
दैलेख । दैलेखको दुल्लु नगरपालिका-७ मा रहेको स्वास्थ्य चौकीमा आगजनी गरिएको छ ।
शनिबार राति स्वास्थ्य कार्यालयको ढोका फोडेर सबै कोठाहरुमा गएर आगजनी गरिएको आशंका प्रहरीले गरेको हाे । स्वास्थ्य चौकीमा रहेको औषधि, कुर्सि टेबुल, दराज र कागजातहरु लगायतका सबै उपकरणहरु समेत जलेर नष्ट भएको छ ।
ईलाका प्रहरी कार्यालय दुल्लुबाट गएको प्रहरी टोलीले आगजनी भएको स्वास्थ्य चौकीको मुचुल्का तयार गरी अनुसन्धान अगाडि बढाइएको दुल्लु नगरपालिकाका प्रमुख भरत रिजालले जानकारी दिनुभयो । आजगनी कसले र किन गरेको हाे भन्ने बारेमा अनुसन्धान गर्न प्रहरीलाई समेत अनुरोध गरेको उहाँले बताउनुभयाे ।
स्वास्थ्य चौकी आगजनीबाट अन्दाजी २० लाख बराबरको क्षति भएको समेत प्रमुख रिजालले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्