१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


केन्याकाे जंगलमा गाडिएको अवस्थामा थप २२ जनाको शव फेला


429
Shares

एजेन्सी । अफ्रिकी मुलुक केन्यामा भोकै बसेका कारण मृत्यु हुनेहरुको धमाधम शव पेला पर्न थालेको छ ।

केन्याको शाकाहोला जंगलमा गाडिएको अवस्थामा थप २२ जनाको शव फेला परेपछि भोकै बसेकाहरुको विगत १५ दिनमा मृत्यु हुनेको संख्या २ सय १ पुगेको छ । हालै भेटिएको २२ वटा शवमा १२ बालबालिका रहेका छन् ।

केन्याका एक चर्चका नेता पाउल म्याकेन्जीले आफ्ना अनुयायीहरूलाई भोकै बसेमा ईश्वरसँग भेट हुने बताएपछि उनीहरु भोक-भोकै बसेका हुन् । ट्याक्सी चालकबाट प्रचारक बनेका म्याकेन्जले भविष्यवाणी गर्दै आफना सयौं अनुयायीहरुलाई भोकै बस्न बाध्य तुल्याएका थिए ।

हाल प्रहरी हिरासतमा रहेका म्याकेन्जलाई केन्याको अदालतले जमानत अस्वीकार गरेको छ । केन्याका राष्ट्रपति विलियम रुटोले मृत्यु प्रकरणमा संलग्न ती व्यक्तिलाई हदैसम्मको कारबाही हुने बताउँदै देशमा यस्ता किसिमको गतिविधि हुन नदिन सबैलाई सचेत तुल्याउनुभएको छ ।