१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


दाङमा ५ वर्षीया बालिका बलात्कृत


2.314k
Shares

दाङ । दाङमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लमही नगरपालिका-८ सतबरिया संघर्ष टोलका ५० वर्षीय जनकु चौधरीलाई प्रहरीले शनिवार दिउँसो पकाउ गरेको हो ।

जनकुले गत पुस ११ गते दिउँसो सोही ठाउँस्थित खोल्सामा लगेर ती बालिकालाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।