
काठमाडौं । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतका १० वटा संसदीय समितिका बैठक शुरु भएका छन् ।
गत बर्ष मंसिर ४ मा आम निर्वाचन सम्पन्न भएर प्रतिनिधि सभा गठन भएको लामो समयसम्म संसदीय समितिहरु काम बिहिन भएका थिए । सबै समितिहरुको बैठक मंगलबार बिहान ९ बजेबाट शुरु भएको हो ।
प्रतिनिधिसभा अन्तर्गत सार्वजनिक लेखा समिति, अर्थ, कानून, न्याय तथा मानवअधिकार, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कृषि सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला, राज्यव्यवस्था तथा सुशासन, पूर्वाधार विकास, शिक्षा र स्वास्थ्य तथा सूचना प्रविधि समिति रहेका छन् ।

संसदीय समितिहरुलाई मिनी संसद पनि मानिन्छ । तर समितिहरुले दिएका सुझावहरु सरकारले कार्यान्वयनमा चासो भने नदिने गरेको गुनासो बिगतमा सांसदहरुले गर्दै आएका थिए । सबै समितिमा सभापतिहरु भने चयन नभएकाले बैठकको सभापतित्व समितिमा रहेका जेष्ठ सदस्यले गरिरहेका छन् । सार्वजनिक लेखा समितिको सभापतित्व समितिका जेष्ठ सदस्य एवं कांग्रेस नेता अर्जुन नरसिंह केसीले गरिरहनु भएको छ ।

यसैगरी पूर्वाधार बिकास समितिको सभापतित्व जेष्ठ सदस्य राष्ट्रिय उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरी,उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतित्व जेष्ठ सदस्य नेकपा माओवादी केन्द्र का सांसद रनेन्द्र बराइलीले गरिरहनु भएको छ ।बैठक शुरु भएसँगै संसदीय समितिहरु आजबाट क्रियाशील भएका छन् ।
प्रतिक्रिया दिनुहोस्