
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सचिव एवं पूर्व उपप्रधामन्त्री टोपबहादुर रायमाझीको बयान सकिएको छ ।
नेपाली नागरिकलाई नक्कलीभुटानी शरणार्थीको रुपमा अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा रायमाझी गत आइतबार काठमाडौंबाट पक्राउ परेका थिए । सो प्रकरणमा मुख्य आरोपितहरुले बयानका क्रममा रायमाझीको नाम मुछेपछि अनुसन्धानका लागि बैशाख २० गते उनलाई प्रहरीले पक्राउ पुर्जि जारी गरेको थियो । पक्राउ पुर्जि जारी भएपछि रायमाझी फरार भएका थिए ।
उनलाई प्रहरीले गत आइतबार पक्राउ गरेको हो । म्याद थप गरेपछि प्रहरीले जिल्ला सरकारी वकिलको रोहबरमा रायमाझीसँग बयान लिएको थियो ।
रायमाझीको बयान पुरा भएको जिल्ला सरकारी वकिल कार्यालय स्रोतले जनाएको छ । अब सोही प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण बाहेक अरू आरोपीको बयान सकिएको छ । अहिलेसम्म सो प्रकरणमा १४ जना पक्राउ परेका छन् ।आज खाँणको मात्रै बयान हुनेछ ।
प्रतिक्रिया दिनुहोस्