
काठमाडौं । देशभर थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ हजार १ सय ३ जनाको नमूना परीक्षण गर्दा २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
मंगलबार २४ जना संक्रमित निको भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १ सय पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।
प्रतिक्रिया दिनुहोस्