१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मुुलुकको अर्थतन्त्र आर्थिक मन्दीमा जाँदा समेत सरकार गम्भिर भएन : गिरी


1.378k
Shares

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले मुुलुकको अर्थतन्त्र आर्थिक मन्दीमा जाँदा समेत सरकार गम्भिर नभएको आरोप लगाउनुभएको छ ।

मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको पहिलो बैठकमा बोल्दै प्रमुख सचेतक गिरीले यस्तो आरोप लगाउनुभएको हो ।

उहाँले मुलुकको व्यापार व्यवसाय चौपट रहेको भन्दै जनता त्रासमा गुज्रिएकाले सरकार अर्थतन्त्रलाई चलायमान बनाउन के गरिरहेको छ ? त्यसको जानकारी दिनुपर्ने बताउनुभयो । उहाँले अर्थतन्त्रमा देखिएका समस्या समाधानको बाटोमा लैजानको लागि सरकारले गरिरहेका कामको बारेमा जनतालाई यथार्थ जानकारी दिन माग गर्नुभयो । उहाँले सरकारले अर्थतन्त्र मन्दीको स्थितिमा जाँदा समेत गम्भिर हुन नसक्ने राम्रो नभएको बताउनुभयो । उहाँले मुलुकको वर्तमान अर्थतन्त्रका विषयमा अर्थमन्त्रीलाई बोलाएर समितिमा छलफल गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले नेप्सेलाई नै धरासायी बनाउने गरी केही ठूला व्यवसायीकहरुको मिलेमतोमा निजी क्षेत्रलाई नयाँ स्टक एक्सचेन्ज दिने गरी हतारहतारमा काम भइरहेको विषयमा अर्थ समितिले छानबिन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले अघिल्लो अर्थसमितिले नयाँ साझेदार ल्याउन सुझाव दिएपनि अहिले नयाँ एक्सचेन्ज ल्याउने तयारी कसरी भयो भन्ने विषयमा तत्काल समितिले छानबिन गर्नुपर्ने बताउनुभयो ।