
काठमाडौं । सरकारले जनआन्दोलनमा घाइते भएर गत बैशाख २७ मा मृत्यु भएका बनेपाका मुकेश कायस्थलाई सहिद घोषणा गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कायस्थलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो ।
यस्तै, मन्त्रिपरिषद्को बैठकले तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन विधेयकको मस्यौदा निर्माण गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको छ । यस्तै एसिया प्यासिफिक गु्रप एपिजीको बैठकमा सहभागी हुन जान राष्ट्र बैठकका गभर्नर महाप्रसाद अधिकारीको टोलिलार्ई स्वीकृति प्रदान गरेको छ ।
बुटवल–लमही चारसय केभी प्रशारण लाइनअन्तर्गत मोतिपुर सवस्टेसनका लागि बाणगंगा नगरपालिकामा १५ विगाह जग्गा प्राप्ति गर्ने र प्रारम्भिक काम अघि बढाउन अधिकारी तोक्ने निर्णय गरिएको सरकारका प्रवत्ता रेखा शर्माले जानकारी दिनुभयो ।
यस्तै, बैठकले राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत नेतृत्वको प्रतिनिधिमण्डललाई समाजिक आय ‘स्क्याप’को ७९औँ बैठकममा भाग लिन थाइल्याण्ड जान स्वीकृति प्रदान गरेको छ ।
बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक विस्तारित सडक सिमा भित्रका घरटहरा हटाई क्षतिपूर्ति दिने र प्रारम्भिक कारबाही चलाउन स्वीकृति दिने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्