१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


आइपिएलमा लखनउद्धारा मुम्बई इन्डियन्स पराजित


442
Shares

एजेन्सी । जारी इन्डियन प्रिमियर लिग (आइपीएल) टि ट्वान्टी क्रिकेटमा लखनउ सुपर जायन्ट्सले मुम्बई इन्डियन्सलाई पाँच रनले हराएको छ ।

लखनउले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ रन मात्र बनाउन सक्यो । उसका लागि ओपनर तथा विकेटकिपर ईशान किशनले ५९ रनको अर्धशतकीय ईनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो । लखनउका लागि मार्कस स्टोईनिसले अविजित ८९ रन बनाए ।

जितसँगै १३ खेलमा १५ अंक जोडेको लखनउ तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । १४ अंकसहित चौथो स्थानमा रहेको मुम्बईको पनि प्ले अफ्मा छनौट हुने संभावना बलियो छ ।