
काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएलगत्तै यातायात व्यवस्था विभागले लामो दुरीका सार्वजनिक यातायातको भाडा घटाएको छ ।
निगले मंगलबार रातीदेखि लागू हुनेगरी डिजेलको मूल्य प्रति लिटर दश रुपैयाँले घटाएको थियो ।
विभागले बुधबारदेखि लागू हुने गरी अन्तर–प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातको भाडा ३ दशमलव २ प्रतिशतले घटाएको हो ।
गत असारमा डिजेलको मूल्य १७ रुपैयाँ पुग्दा कायम गरिएको भाडा मूल्य १७ रुपैयाँ घटेर १ सय ५५ रुपैयाँमा झरेपछि बल्ल ३ प्रतिशतले घटाइएको हो ।
पहाडी क्षेत्रमा मालबाहक सवारी साधनको भाडा ४ दशमलव १९ प्रतिशत र तराईमा ४ दशमलव ६५ प्रतिशतले घटाइएको छ । छोटो दूरीमा भने विभागले अझै पनि भाडा घटाएको छैन ।
शहरी क्षेत्रमा चल्ने सार्वजनिक यातायातले अहिले पनि निर्धारित भन्दा बढी भाडा असुल्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्