
काठमाडौं । विख्यात नेपाली पर्वतारोही कामीरिता शेर्पाले सगरमाथा आरोहणमा नयाँ रेकर्ड राख्न सफल भएका छन् ।
बुधबार विहान २७ औं पटक सगरमाथाको चुचुरोमा पुगेर शेर्पाले आफ्नै रेकर्ड तोडेका हुन ।शेर्पाले पहिलोपटक २४ वर्षको उमेरमा सगरमाथा चढेका थिए । यसअघि शेर्पाले २६ औं पटक सगरमाथा आरोहण गर्ने रेकर्ड आफ्नै नाउमा राखेका थिए । आफ्नै रेकर्ड तोडेर २७ औं पटक उनी सगरमाथा चढेर नयाँ कीर्तिमान राखेका छन् । शेर्पा हाल ५३ वर्ष पुगेका छन् ।
शेर्पाले नेतृत्व गरेको पर्वतारोहीको टोली बुधबार विहान ८ बजे सगरमाथाको चुचुरोमा पुगेको सेभेन समिट ट्रेकले जानकारी दिएको छ ।
सोलुखुम्बुको थामेका कामीरिताले पाकिस्तानको केटु, चो ओयु, ल्होत्से र मनास्लु लगायतका हिमालको पनि सफल आरोहण गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्