
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली भूटानी शरणार्थी प्रकरणमा पार्टीका नेताहरुको नाम जोडिनुले पार्टीको गरिमामा आँच आएको बताउनुभएको छ ।
बुधबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले नक्कली भुटानी शरणार्थीको मुद्दा अन्तर्राष्ट्रिय विषय बनेको र यसलाई ढाकछोप गर्नु नहुने बताउनुभयो । उहाँले कांग्रेस पार्टीको नेताहरु नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिनुले कांग्रेसको गरिमामा आँच आएको बताउनुभयो ।
उहाँले नक्कली भूटानी शरणार्थी प्रकरण लज्जास्पद र राष्ट्रघाती काम भएको बताउनुभयो । उहाँले कुनै बहानामा कसैले पनि गलत काम गरेको भए कारबाही हुनुपर्ने बताउनुभयो । उहाँले देशको नागरिकलाई अनागरिक बनाइ मानवबेचबिखन गरेर विदेश पठाइदिने काम लज्जाको विषय भएको बताउनुभयो ।
नेता कोइरालाले देशको अर्थतन्त्र दयनीय रहेको बताउनुभयो । उहाँले मिश्रित निर्वाचन प्रणालीले कसैको बहुमत नआउने भएकाले निर्वाचन प्रणाली परिवर्तन गर्न जरुरी रहेको बतउनुभयो ।
प्रतिक्रिया दिनुहोस्