२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पाँचथरमा ट्याक्टरबाट खस्दा दिदी-बहिनीको मृत्यु


2.886k
Shares

पाँचथर । मेचीराजमार्ग अन्र्तगत पाँचथरको हिलिहाङ गाउँपालिका वडा न. ७ स्थित भारपाको साम्मेवामा मंगलबार ट्याक्टर दुर्घटना हुँदा दुई जना दिदी बहिनीको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानिय कमल सुवेदीका छोरीहरु १२ वर्षिया पूजना र १० वर्षिया गंगा रहेका छन् ।

मे १ त २९६१ नम्बरको ट्याक्टरबाट खसेर ती दिदीबहिनीको ज्यान गएको हो ।

चालक सिटको छेउमा रहेका उनीहरू ट्याक्टरबाट खसेपछि चक्काले किचेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी दिवश कुँवरले जानकारी दिनुभयो ।

अन्य दुई जना विद्यार्थी पनि घाइते भएका छन् । घाइतेहरुको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।