
एजेन्सी । रुस कृष्णसागर हुँदै युक्रेनी खाद्यान्न निर्यातको सम्झौता थप साठी दिन बढाउन सहमत भएको छ ।
एक वर्ष भन्दा लामो समयदेखिको युद्धले विश्वभर खाद्यान्नको भाउ चर्किरहेको बेला रुसले खाद्यान्न निर्यातको अवधि बढाउन सहमति जनाएको हो ।
टर्कीका राष्ट्रपति रिसेप एर्दोगानको पहलमा रुस अवधि बढाउन सहमत भएको हो । टर्कीका राष्ट्रपति एर्दोगानले रुसी सहमतिले भोकमरीले छटपटाइएरहेको विश्वका धेरै भागका मानिसलाई राहत पुग्ने दाबी पनि गर्नुभयो ।
संयुक्त राष्ट्रसंघले एक सय बीस दिनका लागि अवधि बढाउन चाहे पनि रुसी अधिकिारीहरुले साठी दिनका लागि मात्रै सहमति दिएको बताइएको छ ।
रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाकारोभाले खाद्यान्नको अति आवश्यकताले तडपिरहेका मानिसहरुको अवस्था हेरेर रुसले उक्त सहमति जनाएको तर, रुसको नीतिमा परिवर्तन नआएको बताउनु भएको छ ।
यता, युक्रेनी उपप्रधानमन्त्री ओलेक्ज्यान्दर कुर्बाकोभले पनि रुसी निर्णयको स्वागत गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्