
काठमाडौं । शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बिहीबार १९ औं चरणका तीन खेल हुनेछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा फ्रेन्ड्स क्लब र मछिन्द्र क्लब भिड्नेछन् ।
फ्रेन्ड्स र मछिन्द्रबीचको खेल बिहीबार दिउँसो ३ बजे सुरु हुनेछ । सोही सयम च्यासल मैदानमा मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लबबीच खेल हुनेछ ।
बिहीबार साँझ ६ बजे नै दशरथ रंगशालामा न्युरोड टिम (एनआरटी)ले जावलाखेल युथ क्लबको सामना गर्नेछ ।
लिगमा १८ चरणको समाप्तीमा ३३ अंकसहित चर्च ब्वाइज शिर्ष स्थानमा रहँदा ३१ अंकसहित जावलाखेल युथ क्लब दोस्रो स्थानमा छ भने तेस्रो स्थानको मच्छिन्द्र ३० अंकमा रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्