१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कर्नाटकको नयाँ मुख्यमन्त्री बन्ने भए सिद्धारमैया


390
Shares

एजेन्सी । सिद्धारमैया भारतको कर्नाटका राज्यको नयाँ मुख्यमन्त्री बन्ने भएका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार ७५ वर्षका सिद्धारमैयालाई कर्नाटकाको मुख्यमन्त्री बनाउन भारतीय राष्ट्रिय कंग्रेसकाअध्यक्ष मल्लिकार्जुन खड्गे र पूर्वअध्यक्ष राहुल गान्धीबीच सहमति भएको हो ।

एक साताअघि सम्पन्न विधानसभा निर्वाचनमा कर्नाटकामा कंग्रेसले स्पष्ट बहुमत प्राप्त गरेको हो । २ सय २४ सदस्यीय विधानसभाको १ सय ३६ सिट जित्दै कंग्रेसले एकल सरकार बनाउन लागेको समाचारमा उल्लेख छ ।

सिद्धारमैया मुख्यमन्त्री बन्दा कंग्रेसका प्रदेश अध्यक्ष डिके शिवकुमार उपमुख्यमन्त्री बन्नेछन्।