
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी लडाकू शिविरमा भ्रष्टाचार भएको भन्ने कुराको खण्डन गर्दै त्यसमा दोषी देखिए आफू जेल जान तयार रहेको बताउनु भएको छ ।
प्रतिनिधि सभाको बिहिबारको बैठकमा सांसदहरुले विगतमा माओवादी लडाकू शिविरमा घोटाला भएको र त्यसबारे प्रधानमन्त्रीको जवाफ माग गरेपछि प्रधानमन्त्रीले सो कुरा बताउनु भएको हो ।
प्रधानमन्त्री दाहालले बिगतमा क्यान्टोनमेन्टमा राज्यले दिएको पैसाबारे अडिट समेत भैसकेको र त्यो विषय टुंगिसकेको अवस्थामा राजनीतिक पूर्वाग्रह राखेर यो विषय पटक पटक उठाइने गरेको भन्दै क्यान्टोमेन्टमा भ्रष्टाचार नभएको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्