
काठमाडौं । युवा संघ नेपाल पिपुल्स भोलिन्टिएरद्वारा बुधबारदेखि मदन आश्रित फुटबल प्रतियोगिता २०८० सुरु भएको छ ।
मदन आश्रित दिवसको अवसरमा तार्केश्वर मनमैजुस्थित फुटबल मैदानमा खेलको आयोजना गरिएको हो ।
यसमा सेभेन्स ए साइड प्रतियोगिता २०८० को उद्घाटन नेकपा एकीकृत समाजवादी पार्टी अध्यक्ष माधवकुमार नेपालले गर्नुभएको हो ।
स्वर्गीय जननेता मदन भण्डारीको ३० औं स्मृति दिवसको अवसर पारेर यो कार्यक्रम आयोजना गरिएको हो ।
अध्यक्ष नेपालले नेपालको लोकप्रिय नेता मदन भण्डारीसहित जीवराज आश्रितको स्मृति जीवनत रहने बताउनुभयो ।
नेपालको लोकतान्त्रिक आन्दोलनलाई माथी उठाउन योगदान दिनुहुने मदन भण्डारीको उच्च योगदान यो देशमा युवाहरुको आवस्यकता रहेको र देश विकासमा युवाहरू नेतृत्व अति अवस्य ठान्ने कुरा बताउँदै युवासंघ नेपालको आयोजना महत्वपूर्ण रहेको बताउनुभयो ।
फुटबल प्रतियोगितामा ७८ वटा टिमको सहभागी रहेको छ । ९ दिनसम्म चल्ने यो प्रतियोगितामा क्रमसस् पहिलो हुनेलाई ३ लाख र दोस्रो हुनेलाई २ लाख र तेस्रो हुने लाई १ लाख राशीको पुरस्कार प्राप्त गर्ने छन् ।
प्रतिक्रिया दिनुहोस्