२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


शेयर बजारमा ३२ अंकले सुधार


156
Shares

काठमाडौं । साताको अन्तिम दिन पनि शेयर बजार दोहोरो अंकले सुधारियो । उतार चढावबीच बजार परिसूचक नेप्से ३२ अंकले उकालो लागेर १८ सय ७७ पुग्यो ।

कारोबार पनि उल्लेख्य बढेर डेढ अर्ब हाराहारी पुग्यो । यसदिन नेपाल स्टक एक्सचेन्जमा २ सय ६४ कम्पनीको ४४ लाख कित्ता शेयर १ अर्ब ४७ करोड बढीमा खरिदबिक्री भएको छ ।

कारोबारमा आएका सबै समूहको परिसुचकमा हरियाली छाउँदा सबैभन्दा धेरै होटल तथा पर्यटन र व्यापार समूहमा करिब ४ प्रतिशतको वृद्धि आएको छ । विकास बैंक, वित्त, जलविद्युत, जीवन बीमा र लघुवित्त समूहमा पनि २ प्रतिशत माथिले वृद्धि भएकोछ ।

बिहीबार २०४ कम्पनीको शेयर मूल्यमा वृद्धि हुँदा ११ कँम्पनीको घटेको छ । बिहीबार हिमालयन उर्जा विकास कम्पनी लिमिटेड र आत्मनिर्भर लघुवित्त वित्तिय संस्था लिमिटेडको सकारात्मक सर्किट लागेको छ भने एनआइविलकोे शेयरमूल्य ३ प्रतिशतले घटेको छ ।

बिहीबार कारोबार रकमको आधारमा नेपाल टेलिकमको ८ करोड ६३ लाख माथिको कारोबार भएको एक्सचेन्जले जनाएको छ ।