७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


राष्ट्रपति पौडेलले संसदका दुवै सदनको बैठकलाई सम्बोधन गर्ने


390
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ ।

बिहीबार प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै सभामुख देवराज घिमिरेले शुक्रबार अपरान्ह ४ बजे राष्ट्रपतिको सम्बोधन हुने जानकारी दिनुभयो ।

सभामुख घिमिरेले अपरान्ह पौने ४ बजेभित्र निर्धारण गरिएको पोशाकमा उपस्थित हुन सांसदहरूलाई आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार साँझ ६ बजे बस्ने छ । सरकारले हरेक वर्ष जेठ १५ गते वार्षिक बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि राष्ट्राध्यक्षमार्फत नीति तथा कार्यक्रम सार्वजनिक हुने गरेको छ ।

नीति तथा कार्यक्रमलाई सरकारको वार्षिक कार्यदिशा मानिन्छ ।