
काठमाडौं । सत्ता साझेदारी दल नेकपा (एकीकृत समाजवादी) ले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरुलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ ।
बिहीबार काठमाडौंको माईतीघर मण्डलामा भेला भइ पार्टीले भ्रष्टाचारविरुद्ध गरेको हो ।
प्रदर्शनका क्रममा उनीहरुले नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्नहरुलाई कारबाहीको माग गरेका छन् ।
प्रदर्शनमा पार्टीका उपमहासचिव जगन्नाथ खतिवडासहितका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्