१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ह्याम युनाइटेड र फियोरेन्टीना युएफा कन्फ्रेन्स लिग फुटबल फाइनलमा भिड्ने


169
Shares

काठमाडौं । युएफा कन्फ्रेन्स लिग फुटबलको उपाधिको लागि वेष्ट ह्याम युनाइटेड र फियोरेन्टीना फाइनलमा भिड्ने भएका छन् ।

वेष्ट ह्याम युनाइटेड र फियोरेन्टीना फाइनल खेल आगामी ८ जुनमा हुने भएको छ ।

सेमिफाइनलमा नेदरल्याण्ड्को ए.जेड अल्कमारलाई हराउँदै इंग्लिश क्लब वेष्ट ह्याम फाइनलमा पुगेको हो । सेमिफाइनल दोस्रो लेगमा अल्कमारलाई १–० ले हराएको वेष्ट ह्याम समग्रमा ३–१ ले विजयी हुँदै फाइनलमा पुगेको हो ।

फाइनलमा वेष्ट ह्यामको भिडन्त इटालीको फियोरेन्टिनासँग हुनेछ । सेमिफाइनलमा स्विट्जरल्याण्डको एफ.सी बाजललाई समग्रमा ४–३ ले हराउँदै फियोरेन्टिना फाइनलमा पुगेको हो ।

युरोपियन क्लब फुटबलको तेस्रो ठूलो प्रतियोगिता कन्फ्रेन्स लिगको फाइनल खेल यही जुन ७७ तारिखमा चेक गणतन्त्रको प्रागमा हुनेछ ।