१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वर्षामा मासिक ५० र हिउँदमा ३० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्तालाई निःशुल्क उपलब्ध गराउने


3.952k
Shares

काठमाडौं । सरकारले ऊर्जामा सबै नागरिकको पहुँच सुनिश्चित गर्ने घोषणा गरेको छ ।

शुक्रबार सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताउनुभएको हो ।

उहाँका अनुसार सरकारले दुई वर्षभित्र सबैको घरमा विद्युत पुर्‍याइने भएको छ ।

विपन्न वर्गलाई निःशुल्क विद्युत उपलब्ध गराउने सरकारको घोषणा छ । त्यस्तै, सरकारले वर्षा याममा मासिक ५० युनिट र हिउँद याममा ३० युनिटसम्म बिजुली खपत गर्ने उपभोक्तालाई निःशुल्क विद्युत उपलब्ध गराउने भएको छ ।

सरकारले खाना पकाउने ग्याँसलाई क्रमशः विद्युतबाट प्रतिष्थापन गर्ने घोषणा गरेको छ ।