१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रेस काउन्सिललाई मिडिया काउन्सिलमा रुपान्तरण गर्ने


117
Shares

काठमाडौं । सरकारले नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाँभ्ने भएको छ ।

शुक्रबार सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो कुरा समावेश गरिएको हो ।

त्यसैगरी प्रेस काउन्सिललाई मिडिया काउन्सिलमा रुपान्तरण गर्ने, समानुपातिक विज्ञापन प्रणाली लागू गर्ने सरकारको नीति तथा कार्यक्रम छ ।

अनलाइन सेवालाई सबै वडाहरुमा उपलब्ध गराउने राष्ट्रपति रामचन्द्र पौडेलले बताउनुभयो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रवद्र्धन तथा मर्यादित पत्रकारिताका लागि नीतिगत, कानुनी र संरचनागत सुधारमा ध्यान दिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

सञ्चार उद्योगलाई ज्ञानमा आधारित सेवा उद्योगको रुपमा अघि बढाउने पनि सरकारको नीति छ ।