९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


प्रधानमन्त्रीको भारत भ्रमण जेठ तेस्रो साताभित्र गर्ने तयारी


143
Shares

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको तयारी छलफललाई तीव्र पारेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण जेठ तेस्रो साताभित्र गर्ने तयारी छ ।

त्यसका लागि दुई देशका परराष्ट्रमन्त्रलाय स्तरमा सहमति, वार्ता र सम्झौताका ड्राफ्ट समेत आदानप्रदान भइसकेको छ । सरकारको नीति तथा कार्यक्रम सदनबाट पारित भएपछि प्रधानमन्त्रीको भारत भ्रमणको मिति घोषणा हुने सम्भावना रहेको बताइएको छ ।

भ्रमण निश्चित भएसँगै परराष्ट्रमन्त्री साउदले प्रधानमन्त्रीको भ्रमणलाई लक्षित गरी पूर्वपरराष्ट्रमन्त्रीहरू, पूर्वराजदूतहरू र पूर्वसचिवहरूसँग छलफल गर्नुभएको छ । शुक्रबाार उहाँले पूर्वपरराष्ट्रमन्त्रीहरुसँग छलफल गर्नुभएको थियो । मन्त्रालयमा भएको छलफलमा पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइराला, रघुवीर महासेठ, डा. प्रकाशचन्द्र लोहनी र डा. भेषबहादुर थापा सहभागी थिए ।

पूर्वपरराष्ट्रमन्त्रीहरुसँग प्रधानमान्त्रीको भारत भ्रमणका क्रममा नेपालका तर्फबाट उठाउनु पर्ने विषयवस्तुका बारेमा छलफल गरिएको परराष्ट्रमन्त्री साउदले जानकारी दिनुभयो । परराष्ट्रमन्त्री साउदले हिजो पूर्वराजदूत र पूर्वसचिवहरूसँग छलफल गर्नुभएको थियो ।

छलफलमा पूर्वराजदूतद्वय डा. लोकराज बराल, डा. दिनेश भट्टराई तथा पूर्वसचिवहरू दुर्गा भट्टराई, मधुरमण आचार्य, मदन भट्टराई उपस्थित थिए ।