८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


सरकारको अडिट सरकार मातहतकै कर्मचारीले गर्ने व्यवस्था हटाउनुपर्छ : महालेखापरीक्षक शर्मा


975
Shares

काठमाडौं । महालेखापरीक्षक टंकमणि शर्माले खराब र भ्रष्ट आचरण भएका आफ्ना कर्मचारीलाई कारबाही गर्ने आफूलाई अधिकार नभएको बताउनुभएको छ ।

संसदको सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकमा उहाँले आफू मातहतको कार्यालयका कर्मचारी नियुक्ती गर्ने, कारबाही गर्ने अधिकार महालेखापरीक्षक कार्यालयलाई नै हुने गरी निजामती सेवा ऐन संशोधन गर्न आग्रह गर्नुभयो ।

सरकारको अडिट सरकार मातहतकै कर्मचारीले गर्ने व्यवस्था २०६२ सालबाट भएको उल्लेख गर्दै त्यसको अन्त्य हुने गरी कानुन संशोधन गर्न उहाँको माग छ ।

महालेखापरीक्षक शर्माले महालेखापरीक्षकले परेको बेला आफ्ना कर्मचारीहरुलाई कारबाही गर्न सक्ने व्यवस्था गर्न उपयुक्त हुने बताउनुभयो ।

उहाँले बेरुजु फस्र्यौटका लागि सम्बन्धित निकायहरुमा ताकेता गर्न पनि सरकार र सार्वजनिक लेखा समितिको ध्यानाकर्षण गराउनुभयो ।