९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


‘सिन्धु कप’ जेठ २८ देखि हुने


65
Shares

काठमाडौं । आगामी असार अन्तिम सातादेखि सिन्धुपाल्चोकको युथ स्पोर्टस क्लबको आयोजनामा हुने ‘सिन्धु कप फुटबल प्रतियोगिता’ मा ‘ए’ डिभिजनका दुईसहित आठ टोलीको सहभागिता रहने भएको छ ।

आयोजकले पत्रकार सम्मलेनमार्फत प्रतियोगितामा जेठ २८ देखि असार २ गतेसम्म हुन जानकारी दिएको हो ।

प्रतियोगितामा ‘ए’ डिभिजन लिगका त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ फुटबल क्लबसहित ‘बी’ डिभिजनका चार र अन्य दुई क्लबले खेल्ने छन् ।

सिन्धुपाल्चोक जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिताका खेलहरु लामुसाँघुस्थित वसन्तपुर खेल मैदानमा खेलाइने छ ।

प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।