
काठमाडौं । देशभर थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९ सय ४४ जनाको नमूना परीक्षण गर्दा ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
शुक्रबार १३ जना संक्रमित निको भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ८९ जना रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।
प्रतिक्रिया दिनुहोस्