
काठमाडौं । वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीद्धारा लिखित नेपालको संविधानको व्याख्या पुस्तकको भाग १ र २ एकैसाथ लोकापर्ण गरिएको छ
शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति रामवरण यादवले पुस्तकको लोकापर्ण गर्नुभएको होे ।
नेपालको संविधानको व्यख्या गरिएको पुस्तकमा अमेरिका र भारत, दक्षिण अफ्रीका, बेलायत लगायतका संविधान, अन्तराष्ट्रिय महासन्धी, घोषणा र प्रतिज्ञापत्र लायतका दस्तावेजहरुकोे व्याख्या, टिप्पणी र विश्लेषण गरिएको छ ।
वरिष्ठ अधिवक्ता डा. ज्ञवालीले नेपालको संविधानको टीप्पणी सहितको व्याख्या गरिएको पुस्तकले देश जनता र संविधान कार्यान्वयनको लागि सहयोग पुग्ने अपेक्षासहित पुस्तक लेखिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्