१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गुल्मीको सामुदायिक वनमा भीषण डढेलो


247
Shares

काठमाडौं । गुल्मीको रेसुङ्गा सामुदायिक वन क्षेत्रमा डढेलो लागेको छ ।

रेसुङ्गा नगरपालिकाको वडानम्बर–८ को खानिगाउँ क्षेत्र नजिकै रेसुङ्गा वनमा शुक्रबार बेलुकीदेखि भीषण डढेलो लागेको हो ।

डढेलो नियन्त्रणका लागि स्थानीय जनप्रनिधि, सुरक्षाकर्मी परिचालन भएपनि नियन्त्रणमा आउन भने सकेको छैन् ।

डढेलो नियन्त्रणका लागि रेसुङ्गा नगरपालिकाको दमकलसहितको टोली पुगेपनि नियन्त्रणमा ल्याउन नसकिएको रेसुङ्गा नरगपालिका वडानम्बर ८ का वडाअध्यक्ष निरञ्जन काउछाले जानकारी दिनुभयो ।

डढेलोले रेसुङ्गा नरगपालिकाको खानिगाउँ क्षेत्र जोखिममा परेको छ । गर्मी र सुख्खा मौसम सुरु भएपछि वन डढेलो लाग्ने गरेको छ ।

यस वर्ष जिल्लामा २ हजार १ सय हेक्टर क्षेत्रफलमा डढेलो लागेको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।