१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कर्नाटकको मुख्यमन्त्रीमा सिद्धारमैयाले लिए शपथ


416
Shares


एजेन्सी । कर्नाटकको मुख्यमन्त्रीमा भारतीय कांग्रेसका वरिष्ठ अध्यक्ष सिद्धारमैयाले शपथ लिनुभएको छ ।

सिद्धारमैयाले आज (शनिबार) कर्नाटकको नयाँ मुख्यमन्त्रीका रूपमा शपथ लिनुभएको हो । साथै कांग्रेस प्रदेश अध्यक्ष डीके शिवकुमारले उपमुख्यमन्त्रीका रूपमा शपथ लिनुभयो । मुख्यमन्त्री, उपमुख्यमन्त्री र मन्त्रीहरूले बेंगलुरुको कांतिरवा रंगशालामा शपथ लिएका हुन् ।

शपथग्रहण कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरू उपस्थित थिए । शपथ ग्रहण कार्यक्रममा तमिलनाडुका मुख्यमन्त्री स्टालिन, बिहारका मुख्यमन्त्री नीतीश कुमार, मध्यप्रदेशका पूर्वमुख्यमन्त्री कमलनाथ उपस्थित रहेका थिए । जनता परिवारबाट राजनीतिक यात्रा सुरु गरेका सिद्धारमैया सन् २००६ मा कांग्रेसमा आबद्ध हुनुभएको थियो । उहाँ जनता दल (सेक्युलर ) छाडेर कांग्रेसमा आउनुभएको थियो ।

यही मे १० मा भएको चुनावमा भाजपालाई हराउँदै कर्नाटकमा कांग्रेस पुनः सत्तामा आएको हो । २२४ विधानसभा सिटमध्ये कांग्रेसले १३५ स्थानमा जित हात पारेको छ । यसअघि सन् २०१८ मा १०४ सिटमा जित हात पारेको भाजपा भने यसपटक ६६ सिटमा खुम्चिएको