
काठमाडौं । काठमाडौंमा भ्रष्टाचारबिरुद्ध रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
भ्रष्टाचारबिरुद्ध युवा अभियानले शनिवार काठमाडौंको माईतीघर मण्डलामा भ्रष्टाचारको सांकेतिक बिरोध स्वरुप रक्तदान कार्यक्रम आयोजना गरेको हो । त्यसक्रममा उनीहरुले घरघरमा गएर भ्रष्टहरुलाई सडकमा ल्याउने चेतावनी समेत दिएका छन् । भ्रष्टहरुकै कारण देश डुबेको उल्लेख गर्दै उनीहरुले भ्रष्टहरुलाई कारबाही गर्न घरघरमै गएर उनीहरुको विरुद्ध प्लेकार्डसहितको प्रर्दशन गर्ने योजनासमेत सार्वजनिक गरेका छन् ।

सरकार र राजनीतिक पार्टीहरुकै संलग्नतामा भ्रष्टाचार बढ्दै गएको भन्दै उनीहरुले ‘भ्रष्टाचार बढ्यो दिनैदिन, जनताको टाउकोमा ऋणैऋण ।’, ‘देश लुट्न पाइँदैन, भ्रष्टाचारी नेता चाहिँदैन ।’ लेखिएका प्लेकार्डहरु पनि प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्