
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले देशमा नीतिगत भ्रष्टाचार बढ्दै गएको बताउनुभएको छ ।
शनिवार अर्थ समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कागजपत्र, नियमावली संशोधन र सके संवधान नै संशोधन गरेर नीतिगत भ्रष्टाचार हुने गरेको बताउनु भयो ।उहाँले अहिले गल्ती गर्नेहरुलाई समात्न पनि अफ्ठ्यारो हुनेगरी नीतिगत भ्रष्टाचार भइरहेको उल्लेख गर्नुभयो । उहाँले अर्थसम्बन्धीत विषय अर्थ मन्त्रालयमा नै गएर टुंगिने भन्दै उहाँले नीतिगत भ्रष्टाचार रोक्न नयाँ सोच अघि सार्नुपर्ने बताउनु भयो ।
उहाँले नीतिगत भ्रष्टाचारमाथि प्रहार गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले बजेटको आकार विश्वसनीय बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले बजेट विश्वसनिय बनाउन अप्रिय निर्णय लिन आवश्यक रहेको बताउनु भयो । सांसद वाग्लेले लाइसेन्सिङ र पोलिसी करप्शनलाई प्रहार गर्न आवश्यक रहेको बताउनु भयो ।
सांसद वाग्लेले बजेट विश्वसनीय बनाउने हो भने अप्रिय र निर्मम कदम चाल्नुपर्ने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्